[t4b-ticker]

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने

हेटौंडा । श्री सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा आगामी मंसिर २६ र २७ गते आयोजना गर्ने भएको छ। हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित शुभम् पार्टी प्यालेसमा आयोजना हुने  आज आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाका अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिनुभयो।

-------------- बिज्ञापन ---------------

अध्यक्ष बस्नेतका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाबाट हुने छ। सहकारीले बचत तथा ऋण सेवाका साथै २०७६ सालदेखि तेलमेल सञ्चालन गर्दै आएको छ भने अहिले तेल, चामल, पिठो, नून, बेसारसहित विभिन्न घरायसी र खाद्यान्न सामग्री उत्पादन गरी बिक्री–वितरण गर्दै आएको छ।

लगभग ३ हजार सदस्य रहेको संस्थाले सहकारीद्वारा उत्पादित वस्तु तथा सेवाबारे सदस्य तथा स्थानीय बासिन्दालाई अवगत गराउने उद्देश्यले साधारण सभामा ५० वटा प्रदर्शन स्टल राख्ने तयारी गरेको छ

स्टलमार्फत सहकारीले उत्पादन गरेको सामानको प्रदर्शनीका साथै मनपर्ने वस्तु सहजै किन्न सकिने व्यवस्था मिलाइएको उत्पादन समिति संयोजक प्रेम अधिकारीले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु