हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका दुई राजमार्ग क्षेत्रमा भत्काइएका घर पुनर्निर्माणको माग गर्दै पीडित घरधनी र व्यवसायीहरूले आज दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गरेका छन्।
-------------- बिज्ञापन ---------------
अदालतले मंसिर १९ मा सडक विस्तार रोक्न आदेश दिए पनि मंसिर २० गते बिहानैदेखि घर भत्काइएपछि पीडितहरूले विरोध जनाएका हुन्।
सडक डिभिजन कार्यालयले भने उक्त उत्प्रेषण आदेश मंसिर २१ गते मात्र तामेल भएकाले त्यसपछि सडक विस्तार स्थगित गरिएको जनाएको छ।
गत शनिबार मात्र करिब ५०० घर भत्काइएको र सामान निकाल्न दुई दिन समय दिएको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।
सर्वोच्च अदालतले स्थानीय विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा हेटौंडाको सडक विस्तार सूचना तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।