[t4b-ticker]

लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ। आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो। लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन्। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित भइसकेका छन्। […]

बंगलादेशमा चुनावअघि मुख्यधारका दल कमजोर

फेब्रुअरी २०२६ मा हुन लागेको बंगलादेशको आम निर्वाचनअघि देशको राजनीतिक परिदृश्य तीव्र रूपमा बदलिएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको एक वर्षअघिको प्रस्थानपछि अवामी लिगमाथि लगाइएको प्रतिबन्ध र शीर्ष नेताहरूको निर्वासनले देशको प्रमुख दल पूर्ण रूपमा चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको छ। यसैबीच, प्रमुख विपक्षी दल बीएनपी पनि गम्भीर नेतृत्व संकटमा रहेको छ। पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री […]

हेटौंडा बजारको राप्ती रोडमा ‘सेलको मेला’ (फाेटाे फिचर)

हेटौंडा— हेटौंडा बजार क्षेत्रको मुख्य राप्ती रोडमा सडक विस्तारको समय सीमा सकिनै लागेसँगै एक प्रकारको ‘मेला’ लागेकाे छ। सडक डिभिजन कार्यालय हेटौंडाले निर्धारित १५ दिने समय सीमा आजै सकिँदै गएको अवस्थामा मेन रोडका व्यापारीले आफ्ना सामानहरू सेलमा राखेर बेच्न थालेपछि बजारमा ग्राहकको भीड बढेको छ। सडक विस्तार अब निश्चितजस्तै देखिएकोले  पुराना सामान बिक्री गरी सकाउने […]

आज स्वर सम्राट नारायण गोपालकाे ३५औं स्मृति दिवस मनाइँदैछ ।

१९९६ साल असोज १८ गते काठमाण्डौको किलागलमा जन्मनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पाउनुभएको छ । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो । उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक […]

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर आज (बिहीबार) बाट यो चलचित्र रिलिज भएको हो । चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । सोमबार भएको प्रिमियरमा उपस्थित हुनेले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका […]

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उहाँले दिउँसो २ बजे विश्वासको मत बुझ्ने कार्यसूची तोकिएको जानकारी दिएका छन्। सर्वोच्च अदालतले मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि यस प्रक्रियामा तीव्रता आएको हो। यादवका अनुसार सर्वोच्च अदालतको परमादेशको पत्र आफूले हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको भएकाले त्यसैको […]

नेपाली कांग्रेसको १५औं महाधिवेशन आउँदाे पुस २६ गतेदेखि २८ गतेसम्म काठमाण्डाैमा हुने

नेपाली कांग्रेसको १५औं महाधिवेशन आउँदाे पुस २६ गतेदेखि २८ गतेसम्म काठमाण्डाैमा हुने भएको छ । आज बसेको पार्टी केन्द्रीय समिति बैठकले १५औ‌ महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको हो । कार्यतालिकामा गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, […]

हेटौडा बजार क्षेत्रको सडक विस्तार तोकिएकै समयमा हुने

हेटौडा बजार क्षेत्रमा लामो समयदेखि रोकिएको सडक विस्तार प्रक्रिया तीव्र रूपमा अघि बढ्ने भएको छ। सडक डिभिजन कार्यालय हेटौडाले आज पत्रकार सम्मेलन गरी मङ्सिर २० गतेदेखि घर–टहरा हटाउने कार्य सुरु गरिने जानकारी दिएको हो। कार्यालयका अनुसार मङ्सिर १९ गतेसम्म स्वेच्छिक रूपमा संरचना नहटाएमा ५१३ वटा अतिक्रमित घर–टहरा डिभिजनले आफैँ हटाउने तयारी गरेको छ। अतिक्रमित घर–टहरा […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच एकता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच आज एकता घोषणा हुँदैछ। आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा यी दुई पार्टीले एकता गर्न लागेका हुन्। वैकल्पिक तथगा विवेकशील आन्दोलनलाई लिविबद्ध, संस्थागत र थप सुदृढ तुल्याउन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुवै पार्टी सहमत भई एकीकरणलाई निष्कर्षमा […]

हङकङमा आजदेखि तीन दिन शोक मनाउने

हङकङमा बुधबार वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा भएको आगलागीमा ज्यान गुमाएकाहरुको सम्झनामा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले आजदेखि तीन दिन शोक मनाएको हो । शोकको शुरूआतमा हङकङका अधिकारीहरूले आगलागीमा ज्यान गुमाएकाहरूको सम्झनामा तीन मिनेट मौन धारण गरेका छन् । आगोमा परी कम्तीमा एक सय २८ जनाको ज्यान गएको छ । दुई सय जना भन्दा […]