हेटौंडा— हेटौंडा बजार क्षेत्रको मुख्य राप्ती रोडमा सडक विस्तारको समय सीमा सकिनै लागेसँगै एक प्रकारको ‘मेला’ लागेकाे छ।
-------------- बिज्ञापन ---------------
सडक डिभिजन कार्यालय हेटौंडाले निर्धारित १५ दिने समय सीमा आजै सकिँदै गएको अवस्थामा मेन रोडका व्यापारीले आफ्ना सामानहरू सेलमा राखेर बेच्न थालेपछि बजारमा ग्राहकको भीड बढेको छ।
सडक विस्तार अब निश्चितजस्तै देखिएकोले पुराना सामान बिक्री गरी सकाउने उद्देश्यले व्यापारीहरू लत्ताकपडा, जुत्ता–चप्पल, फर्निचरदेखि विभिन्न घरेलु सामग्रीहरू समेत सस्तो मूल्यमा बिक्री गरिरहेका छन्।
हेटौंडा र आसपासका क्षेत्रबाट ठूलो संख्यामा ग्राहक ग्राहकका कारण मेन रोडसँगै खोपेगल्लीसहितका भित्री बजारहरू पनि चहलपहल बढेको छ।

