मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उहाँले दिउँसो २ बजे विश्वासको मत बुझ्ने कार्यसूची तोकिएको जानकारी दिएका छन्।
-------------- बिज्ञापन ---------------
सर्वोच्च अदालतले मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि यस प्रक्रियामा तीव्रता आएको हो। यादवका अनुसार सर्वोच्च अदालतको परमादेशको पत्र आफूले हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको भएकाले त्यसैको आधारमा विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा आवश्यक पत्र पठाइसकिएको जानकारी गराइएको छ।
उहाँले अदालतको फैसलाअनुसार सबै प्रक्रिया अघि बढ्ने र विश्वासको मत प्राप्त गर्नेमा आफू विश्वस्त रहेको दाबी पनि गर्नुभएको छ।