विकेशलाल श्रेष्ठद्धारा महासचिव पदमा उम्मेदवारी घोषणा

मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको महासचिव पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । मउवा संघको पुष २७ गते हुने निर्वाचनको लागि अनिल अग्रवालको प्यानलबाट महासचिव पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । हाल उद्योग वाणिज्य संघको कार्य समिति सदस्य समेत रहेका श्रेष्ठले महासचिव पदका लागि उम्मेदवार बन्न लागेको बताएका हुन । उनले सम्पूर्ण व्यवसायीहरुले आफ्नो […]
हटियामा यामाहाको स्पेयर पार्टस सहित सर्भिस सेन्टर सञ्चालनमा

हेटौंडा उपमहानगरपालिका १६, हटियामा यामाहा कम्पनिको स्पेयर पार्टससहित सर्भिस सेन्टर आजबाट सञ्चालनमा आएको छ । दुई पांग्रे यामाहा मोटरसाइकल र स्कुटरका लागि कम्पनिले आधिकारिक स्पेयर पार्टससहित सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । आधिकारिक विक्रेता राज मोटर्समार्फत स्थानीय विपेश कार्कीले आधिकारिक स्पयेर पार्टससहित सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हुन । हेटौँडा–६, १५ र १७ नम्बर वडाका अध्यक्षहरु […]
आफ्नै आमा सहित चार जनालाई चक्कु प्रहार

हेटौंडामा एक युवकले मादक पदार्थ सेवन गरी आफ्नै आमा सहित चार जनालाई चक्कु प्रहार गरी घाइते बनाएका छन । हेटौंडा उपमहानगरपालिका–११ शान्तिटोलमा बस्ने अमित कोईरालाले आइतबार साझ करिब ८ बजे आफ्नै आमा र छिमेकीहरूमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट कोइरालाका आफ्नै आमा शान्ता कोइरालाको टाउकोमा चोट लागेको र हेटौंडा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। […]