आफ्नै आमा सहित चार जनालाई चक्कु प्रहार

हेटौंडामा एक युवकले मादक पदार्थ सेवन गरी आफ्नै आमा सहित चार जनालाई चक्कु प्रहार गरी घाइते बनाएका छन । हेटौंडा उपमहानगरपालिका–११ शान्तिटोलमा बस्ने अमित कोईरालाले आइतबार साझ करिब ८ बजे आफ्नै आमा र छिमेकीहरूमाथि चक्कु प्रहार गरेका थिए।

-------------- बिज्ञापन ---------------

चक्कु प्रहारबाट कोइरालाका आफ्नै आमा शान्ता कोइरालाको टाउकोमा चोट लागेको र हेटौंडा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

त्यसैगरी १६ वर्षीया छिमेकी सबिना पौडेलको बायाँ हातमा, ५२ वर्षीय कृष्ण पौडेलको बायाँ हात र छातीमा तथा ४८ वर्षीय हरि बिडारीको घाँटीमा चोट लागेको छ। घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

अमित कोइरालालाई चक्कुसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने