[t4b-ticker]

आफ्नै आमा सहित चार जनालाई चक्कु प्रहार

हेटौंडामा एक युवकले मादक पदार्थ सेवन गरी आफ्नै आमा सहित चार जनालाई चक्कु प्रहार गरी घाइते बनाएका छन । हेटौंडा उपमहानगरपालिका–११ शान्तिटोलमा बस्ने अमित कोईरालाले आइतबार साझ करिब ८ बजे आफ्नै आमा र छिमेकीहरूमाथि चक्कु प्रहार गरेका थिए।

-------------- बिज्ञापन ---------------

चक्कु प्रहारबाट कोइरालाका आफ्नै आमा शान्ता कोइरालाको टाउकोमा चोट लागेको र हेटौंडा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

त्यसैगरी १६ वर्षीया छिमेकी सबिना पौडेलको बायाँ हातमा, ५२ वर्षीय कृष्ण पौडेलको बायाँ हात र छातीमा तथा ४८ वर्षीय हरि बिडारीको घाँटीमा चोट लागेको छ। घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

अमित कोइरालालाई चक्कुसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

यो पनि पढ्नुहोस्

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु