[t4b-ticker]

हटियामा यामाहाको स्पेयर पार्टस सहित सर्भिस सेन्टर सञ्चालनमा

हेटौंडा उपमहानगरपालिका १६, हटियामा यामाहा कम्पनिको स्पेयर पार्टससहित सर्भिस सेन्टर आजबाट सञ्चालनमा आएको छ ।

-------------- बिज्ञापन ---------------

दुई पांग्रे यामाहा मोटरसाइकल र स्कुटरका लागि कम्पनिले आधिकारिक स्पेयर पार्टससहित सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । आधिकारिक विक्रेता राज मोटर्समार्फत स्थानीय विपेश कार्कीले आधिकारिक स्पयेर पार्टससहित सर्भिस सेन्टर सञ्चालनमा ल्याएका हुन ।

हेटौँडा–६, १५ र १७ नम्बर वडाका अध्यक्षहरु विष्णुबहादुर दाहाल, सुनिल मोक्तान र उद्धव सत्यालसहित यामाहा कम्पनिको हेटौँडाका लागि आधिकारिक विक्रेता राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले संयुक्तरुपमा सर्भिस सेन्टरको उद्घाटन गर्नुभएको हो ।

यसअघि मोटरसाइकल वर्कसपको रुपमा सञ्चालनमा रहेको पाँच पाण्डव मोटरसाइकल वर्कसपले आफ्नो सेवालाई गुणस्तरीय बनाउने क्रममा आधिकारिक स्पेयर पार्टस् र सर्भिस सेन्टरको रुपमा रुपान्तरण गरेको हो ।

करिब १५ लाख रुपैयाँको लागतमा संचालनमा ल्याईएको सर्भिस सेन्टरको उद्घाटनको अवसरमा मंगलबारसम्म टेस्ट राइड, मोटरसाइकल, स्कुटरको निशूल्क परीक्षण, एफआई चेकअप क्याम्प सञ्चालन गरिएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने