[t4b-ticker]

बकैयामा २ दिने स्वास्थ्य शिविर सुरु

बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिको मुख्य आयोजना एवम् मकवानपुरको बकैया गाउँपालिकाको आयोजनामा बकैया ४ गरगरेमा २ दिने स्वास्थ्य शिविर सुरु भएको छ । बकैया गाउँपालिका बासिन्दालाई गाउँमै स्वास्थ्य जाँच गरी औषधि उपचार गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

-------------- बिज्ञापन ---------------

निको अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा भएको शिविरको नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् संविधानसभा सदस्य महालक्ष्मी उपाध्याय डीनाले उद्घाटन गरेकी हुन् । प्रमुख अतिथि उपाध्यायले पछिल्लो समय नसर्ने रोगको खतरा बढ्दो क्रममा रहेको उल्लेख गर्दै समय समयमा स्वास्थ्य जाँच गर्न सर्वसाधारणलाई अनुरोध गरिन् । ‘सरकारले पनि धेरै रोगको निशुल्क उपचार गर्ने गरेको छ । केही रोग लागेमा उपचार खर्च समेत दिने गरेको छ । राज्यले दिने सेवा सुविधाको विषयमा धेरैलाई थाहा छैन, यस्ता विषयमा जनचेतना समेत फैलाउन जरुरी छ’, उपाध्यायले भनिन् । उनले लिभर, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै गएकोले राज्यको हरेक तहले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार भैरहँदा मकवानपुरको बकैया र बागमती गाउँपालिकाले गरेको सहयोगप्रति आभारी रहेको उनको भनाई थियो । गाउँका जनताको सुखदुःखमा सदैव रहने उपाध्यायको प्रतिवद्धता रहेको थियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य उर्मिला थपलिया, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य लोकनाथ गौतम, बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय कोषाध्यक्ष ध्रुवबहादुर पाण्डे, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरुले रोग नलुकाउन र आफूलाई परेको समस्याको विषयमा चिकित्सकहरुलाई जानकारी गराउन अनुरोध गरे । स्वास्थ्य शिविरका लागि करिब ८ लाख रुपैयाँ बराबरको औषधि समेत व्यवस्थापन गरिएको छ । शिविर शनिबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाले समेत प्राविधिक सहयोग गरेको थियो । शिविरमा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गर्नुका साथै औषधि समेत वितरण गरिरहेका छन् ।

शिविरको उद्घाटनमा बकैया गाउँपालिका निवर्तमान अध्यक्ष दामोदर खनाल, कांग्रेस नेता आनन्दराम पराजुली, नेकपा एमाले अध्यक्ष गोपाल दाहालसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने