[t4b-ticker]

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

हेटौंडामा महिलाका लागि उद्दमशिलता तथा क्षमता विकास सम्बन्धि कार्यक्रम सुरु भएको छ । विकाशका लागि सहकार्य नेपालले सामाजिक विकास कार्यालय हेटौंडा ८ को सहयोगमा उद्घोषण, भाषणकला, माइन्युट तथा प्रस्तावना लेखन तालिमको आयोजना गरेको हो ।

-------------- बिज्ञापन ---------------

महिलालाई उद्दमशिलता एवम् क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत १५ दिने तालिमको आयोजना गरिएको हो । विकाशका लागि सहकार्य नेपालका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता रहेको थियो ।

महिलालाई केन्द्रित गरी नेतृत्व विकास सम्बन्धि आयोजित तालिमको सदुपयोग गरी क्षमता विकास गर्न उनले सहभागीलाई अनुरोध गरे ।

कार्यक्रममा हेटौंडा क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धर, प्रमुख प्रशिक्षक समेत रहेका सुनौलो शिक्षा नेपाल संस्थाका अध्यक्ष आशिष दुलाल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव, विकाशका लागि सहकार्य नेपालका कोषाध्यक्ष ईश्वरी शिल्पाकार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महिलाहरुलो क्षमता र नेतृत्व विकास गराउने उद्येश्यले १५ दिने कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष पराजुलीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

यो पनि पढ्नुहोस्

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाईंदै

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाईंदै

आईसीसी नेपालको लगातार दोस्रो जीत

आईसीसी नेपालको लगातार दोस्रो जीत