[t4b-ticker]

मकवानपुरका ३७ जनाले लिए प्राविको नियुक्त पत्र

मकवानपुरका ३७ जना स्थायी शिक्षक पदमा नियुक्त भएका छन् । शिक्षा सेवा आयोगको परीक्षाबाट प्राथमिक तहमा उत्तीर्ण भएका शिक्षकहरूलाई शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले आइतबार एक कार्यक्रमकाबीच नियुक्तपत्र प्रदान गरेसँगै उनीहरु स्थायी शिक्षकमा नियुक्त भएका हुन् ।

-------------- बिज्ञापन ---------------

प्राथमिक तहको शिक्षक परीक्षामा मकवानपुर जिल्लाबाट ३८ जना उत्तीर्ण भएकोमा एकजनाले अन्तै नाम निकालेकोले ३७ जनालाई नियुक्तीपत्र प्रदानसँगै सपथ ग्रहण गराइएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका उन्नती ढकालले जानकारी दिइन् ।

शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुर प्रमुख दिनानाथ गौतमले सपथ खुवाउनुका साथै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले नियुक्त पत्र प्रदान गरेका थिए । मकवानपुर जिल्लामा प्रावि तहमा ६४ जना दरबन्दी आवश्यक रहेकोमा आयोगले लिइएको परीक्षामा जिल्लाबाट ३८ जना मात्र उत्तीर्ण भएका थिए । विद्यार्थीलाई सिकाउने र विकाउने अहिलेको मुख्य चुनौती रहेकोले जिम्मेवार ढंगले काम गर्न गौतमले शिक्षकहरुलाई अनुरोध गरे ।

प्राथमिक तहमा बकैया गाउँपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा समान ६÷६ जना, हेटौंडा उपमहानगरपालिकामा २ जना, मनहरी गाउँपालिकामा १ जना, इन्द्रसरोवर गाउँपालिकामा २ जना, मकवानपुरगढी गाउँपालिकामा ४ जना, कैलाश गाउँपालिकामा ५ जना, राक्सिराङ गाउँपालिकामा २ जना र बागमती गाउँपालिका ४ जना प्रावि तहमा रिक्त रहेको छ । कार्यक्रममा नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, प्याव्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णलगायतको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

यो पनि पढ्नुहोस्

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा