बागमती प्रदेश सरकारले प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
-------------- बिज्ञापन ---------------
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
प्रदेश सरकारले भाषिक विविधता, मातृभाषाको संरक्षण तथा सरकारी कामकाजमा स्थानीय भाषाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउँदै आएको जनाएको छ।
आज बागमती प्रदेशमा रहेका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहने मन्त्रालयले जनाएको छ।