नेपाली बजारमा आज सुन तथा चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो।
-------------- बिज्ञापन ---------------
भाउ घटेसँगै आज छापावाल सुन तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ कायम रहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। महासङ्घका अनुसार चाँदीको भाउ तोलामा १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा झरेको छ।