[t4b-ticker]

आज सार्वजनिक बिदामा पनि सहकारी सञ्चालन हुने

इस्लाम धर्मावलम्वीहरूको महान पर्व ईद अल फित्र (इद) को अवसरमा नेपाल सरकारले आज (विहीबार) सार्वजनिक बिदा घोषणा गरेको छ । यस सार्वजनिक बिदामा पनि हेटौंडा उपमहानगरपालिकामा रहेका सहकारी संस्थाहरू सञ्चालन हुने भएको छ । २०८० सालको चैत महिनाको अन्तिम समय भएकोले शेयर सदस्यको सहजतालाई मध्यनजर गरी नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले कार्यालय सुचारु गर्ने सूचना प्रकाशन गरेको छ । सहकारीका व्यवस्थापक बद्रीप्रसाद भण्डारीद्धारा जारी सूचनामा भनिएको छ ‘चैत्र २९ गते नेपाल सरकारद्धारा इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्र (इद) को दिन सार्वजनिक बिदा दिएतापनि महिनाको अन्तिम समय भएकोले सदस्यज्यूहरुको सुविधाको लागि सदा झैँ २९ गते पनि संस्थाको दैनिक कार्य सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।’ यस्तै हेटौंडा २ मा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पनि बिहीबार कार्यालय खुला गर्ने सूचना जारी गरेको छ । सहकारीका व्यवस्थापक पुष्पा क्षेत्रीद्धारा जारी सूचनामा भनिएको छ, ‘विहीबार नेपाल सरकारद्धारा सार्वजनिक बिदा दिएतापनि यस दिन संस्थाको आर्थिक तथा प्रशासनिक कारोबार सञ्चालनमा रहने व्यहोरा जानकारी गराउदौँ ।’ हेटौंडा ५ मा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सार्वजनिक बिदाका दिन विहान ११ बजेदेखि १ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएको छ । सहकारीको त्रैमासिक खाताबन्दीलाई ध्यानमा राख्दै तिनुपर्ने किस्ता ब्याज बुझाउन सदस्यहरुको सेवा सुविधालाई मध्यनजर गर्दै कार्यालय सञ्चालन गर्न लागेको व्यवस्थापक प्रकाशबहादुर खनालले जानकारी दिए ।
हेटौंडा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले पनि आज कार्यालय सञ्चालन गर्ने भएको छ । त्रैमासिक खाताबन्दीलाई ध्यानमा राख्दै संस्थामा तिर्न बुझाउनु पर्ने किस्ता ब्याज बुझाउन तथा नियमित बचत गर्न छुट्नु भएका सदस्यहरुको सुविधाको लागि कार्यालय सञ्चालन गर्न लागेको व्यवस्थापक रमलाकुमारी सापकोटाले जानकारी दिइन् । संस्थामा तिर्न बुझाउन बाँकी रहेको ब्याज किस्ता तथा मासिक बचत समयमै जम्मा गरी असल सदस्यको परिचय दिनुहुन सम्बन्धित सम्पूर्ण सदस्यहरुलाई सहकारीले अनुरोध समेत गरेको छ ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने