[t4b-ticker]

अन्तर प्रदेश राष्ट्रिय खेलकुद १४० पदकसहित बागमती प्रथम

मकवानपुर- बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १४० पदकसहित बागमती प्रदेश प्रथम भएको छ ।

-------------- बिज्ञापन ---------------

बागमती प्रथम हुँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्विनी पाँचौ, कर्णाली छैठौं र मधेश प्रदेश सान्त्वना भयो । बागमतीले ६१ स्वर्ण, ४३ रजत र ३६ कास्य गरी १४० पदक जित्दै प्रथम स्थान हाँसिल गरेको हो । बागमतीले महिला भलिबल र ब्याड्मिन्टनमा एक÷एक वटा स्वर्ण जित्दा बक्सिङ र करातेमा ९÷९, तेक्वान्दो र एथ्लेटिक्समा ७÷७ र पौडीमा २७ स्वर्ण पदक जितेको हो ।

सुदूरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कास्य गरी कुल ७१ पदकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा रहेको कोशी प्रदेशले १६ स्वर्ण, २३ रजत र ३६ कास्य गरी ७४ पदक रहेको छ । गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कास्य गरी जम्मा ४९ पदक जितेको छ । लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कास्य गरी ५५ पदक जितेको छ भने कर्णाली प्रदेशले ११ स्वर्ण, १० रजत र २४ कास्य गरी ४५ पदक जितेको छ । अंक तालिकाको पुछारमा रहेको मधेश प्रदेशले हालसम्म ३ स्वर्ण, ३ रजत र १५ कास्य गरी २१ पदक जितेको छ ।

चैत्र २५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबल बाहेकको सबै खेल छिमेकी जिल्ला चितवनको भरतपुरमा सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७३० जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, कराते, तेक्वान्दो, एथ्लेटिक्स, पौडी र ब्याड्मिन्टन गरी ९ विधामा प्रतिस्पर्धा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने