मकवानपुर – हेटौंडा ६ रामनगरमा गाेठमा आगलागी भएको छ, उक्त आगलागीबाट एकजना घाइते भएका छन्।
-------------- बिज्ञापन ---------------
मंगलबार साँझ रामनगर स्थित आत्म लाल चौलागाईको गाेठमा आगलागी भयकाे हाे । गाेठमा आगो लागेपछी आगोको तापको कारण सङ्गै जाेडिएकाे घरकाे सिसा फुटेकाे थियाे । सिसा फुट्दा ३५ वर्षीय प्रकाश चौलागाई घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनायकाे छ ।
टाउकोमा चोट लागेका चाैंलागाई नजिकैकाे मेडिकलमा सामान्य उपचार पश्च्यात घर फर्किएका छन । हेटौंडा उपमहानगरपालिकाको दमकले आगो नियन्त्रणमा लिईएकाे थियाे । आगलागीकाे क्षतीको अन्य विवरण आउन बाँकि रहेकाे छ ।