[t4b-ticker]

हेटौंडामा प्रदेशस्तरीय युवा सम्मेलन हुने

मकवानपुर – यही २८ गतेबाट हेटौंडामा बागमती प्रदेशस्तरीय युवा सम्मेलनको आयोजना हुँदैछ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजना गर्न लागेको हो ।

-------------- बिज्ञापन ---------------

युवा सम्मेलनको तयारी करिब पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । १३ जिल्लाका युवाको सहभागितामा हुन लागेको सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता रहनेछ ।

सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, वहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलापको आयोजना हुनेछ ।

‘युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउनुका साथै नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने नै सम्मेलनको मुख्य उद्देश्य हो’, कार्यकारी उपाध्यक्ष चौलागाईंले भने, ‘गत वर्ष सम्पन्न प्रथम सम्मेलन ऐतिहासिक र सफल रह्यो भन्ने हाम्रो बुझाई हो ।

यस वर्ष सम्मेलनमा सहभागी हुन चाहने ५३७ जनाले अनलाइनमार्फत आवेदन दिएका थिए । आवेदन दिएका मध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको छ । सम्मेलनमा सहभागी हुने २०० जना बागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएका छन् ।

युवा सम्मेलन क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने आयोजकको विश्वास छ । ‘युवा पुस्तामा चरम निराशाकाबीच आशा जगाउन युवा सम्मेलनले टेवा पु¥याउने छ भन्ने लागेको छ’, चौलागाईंले भने ।

सम्मेलनमा सहभागीको आवास र खानाका लागि २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । सम्मेलनमा अन्य सम्पूर्ण काम स्वयम्सेवक मार्फत गरिने छ । युवा सम्मेलनको अन्तिम दिन ३० गते मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने