[t4b-ticker]

प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वासको मत पाएको सभामुखद्धारा घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । जेठ ७ गते सोमबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीको बीच सोमबार भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

-------------- बिज्ञापन ---------------

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली २०७९ नियम १५५ को उपनियम ४ बमोजिम सोमबारको दोस्रो बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । जसअनुसार सभामुखले मत विभाजन गर्दा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा कुल १५८ सांसदले भाग लिएका थिए । तीमध्ये १५७ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पाइएको छ भने विपक्षमा ० र तटस्थमा १ मत परेको छ ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलले मतदानमा नै भाग लिएनन् ।

सरकारमा सहभागी दल जसपा नेपाल विभाजन भई सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनु परेको हो । अवरोधका बीच विश्वासको मत पाएपछि प्रचण्ड प्रफुल्ल देखिए। उनले अन्तिमसम्म बसेर सबै सांसदको बधाई ग्रहण गरे । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने