[t4b-ticker]

नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक १३ गतेसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आइतबार जेठ १३ गतेसम्मका लागि स्थगित भएको छ । जेठ ११ गते शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका थिए ।

-------------- बिज्ञापन ---------------

प्रतिनिधिभाका सभामुख देवराज घिमिरेले संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन् । सभामुखले जेठ ११ गते बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि संसद्मा बोल्दै यस्तो आग्रह गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बसेर बैठक चलाउन सहयोगका लागि पटक पटक विशेष अनुरोध गरे पनि बैठक अगाडि बढ्न सकेन उनीहरूले अवरोधलाई जारी राखे । त्यसपछि सभाभुख घिमिरेले सम्पूर्ण कार्यसूची हटाउँदै अर्को बैठक जेठ १३ गते आइतबार ११ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

जेठ ११ गतेको प्रतिनिधिभाको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो। सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने