“गर्मी बढे सँगै तराई देखि पहाड सम्मकाे जनजीवन प्रभावित “

मकवानपुर- अहिले पहाडी भेगहरुमा पनि मुहान सुकेर धाराहरू मात्र छ्न् । शुद्ध पिउने पानी छैन हिँड्दै जाँदा थकाइ लागे सुस्ताउने चौतारी छैनन् । पुस्तौं पहिले लगाएका बरपीपल मासिएको छन् ।  पानीको स्रोत सुकिरहेका छन् । वनजङ्गल डढेलो लागेर सखाप भएको छ अहिलेको अवस्थामा पानी समयमा परेको छैन भने पानी नपरेका कारण खेतबारी बाँझै छन।  लगाएकाे बालि सुक्छ सुक्दैछन् । सुन्दर गाउँ कुरूप बन्दै गएका छन् । पहिरोको जोखिम उत्तिकै छ । साथै भोगौलिक अवस्था फितल बनेको गाउँहरूमा , इस्टिमेटबिनै निस्फिक्री सडक खनिएका कारण दुर्गम गाउँबस्ती जोखिममा छन् । गाउँका देवी देउराली मासिँदै गएका छन् । गाउँको राज कुलो मासिएको छ । अन्न उत्पादन घट्दै गएकाले वर्षभरि खान पुग्दैन,’ नहुँदा भोकै र पानीको स्रोत सुक्दा तिर्खै मेट्न नपाउने अवस्था आएको छ ।

-------------- बिज्ञापन ---------------

अहिले खेतीको शुरुवात चेलको छ कर्णालीका हिमाली जिल्लाहरु मा धान रोप्न व्यस्त छन् किसानहरू तर पानी पर्ने समयमा खडेरी लागेको छ ’खेतमा किसानहरूको हालत उस्तै सङ्कटमय छ। उकाली ओराली गर्ने भरिया हरू हाल बेहाल अवस्थामा यात्रा गर्ने बाध्य छन् । पश्चिमका पहाडी जिल्लाहरुमा प्राय सडक नपुगेको कारण शहरबजारमा देखि घरको लागि आवश्यक सामग्री खरिदका लागि टाढा टाढाको यात्रा गर्ने उकाली ओराली हिँड्न पर्ने हुन्छ यो पश्चिम कर्णालीको हुम्ला,जुम्ला, बझाङ,बैतडी, र अछाम, रुकुम रोल्पा,र जाजरकोटमा अझै कायमै रहेको देख्न सकिन्छ।

हाम्रो मुख्य पेशा कृषि भएकै कारण पहिलो आवश्यकता भए पनि माटोको भौगोलिक बनावट, वैज्ञानिक र भौतिक असरलाई ख्याल नगरी बनाइँदा समस्या आएको कारण कृषि प्रणालीमा नाजुक छ । अहिलेको गर्मी समयले गर्दा कृषि र पशुपालनमा मात्र धक्का नभएर पहाडको जिल्लाहरूमा समेत विद्यार्थीहरुलाई पिउने पानीको समेत हाहाकार छ विद्यालय नजिक धारा सुकेको छन् कोही समुद्रको धमिलो पानीपिउन बाध्य छन् पश्चिमका जिल्लाहरूमा पानीको मुहान र सिँचाइ गर्ने कुलो मासेर सडक खनिएको छ ।’ बस्तीमा सडक पुर्‍याउन खनिएका सडक, त्यही बस्तीलाई जोखिममा पारेर खनिएको स्थानीय बताउँछन् । प्राविधिक प्रस्तावबिनै सडक खनिएका कारण कतिपय बस्तीहरू पहिरोको जोखिममा परेका छन् । अब हामीले हाम्रो सम्पति हरुको समयमै संरक्षणगर्दै सकारात्मक तथा विकासाेन्मुख परिवर्तन तर्फ लाग्नु जरूरि छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने