आज दिउँसो १ बजेदेखि साढे १ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान बन्द हुने भएको छ । आधा घण्टा सङ्कटकालीन योजना अनुसार पूर्ण सङ्कटकालीन अभ्यास गर्नुपर्ने भएकाले नियमित उडान प्रभावित हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
-------------- बिज्ञापन ---------------
अभ्यासको क्रममा विमानस्थल परिसरमा वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लो देखिने र घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिने प्राधिकरणको सूचनामा उल्लेख छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिरणको मापदण्डअनुसार विमानस्थलमा आइपर्न सक्ने विभिन्न आपत्कालीन अवस्थामा प्रतिकार्यको लागि यो अभ्यास गर्न लागिएको सर्वसाधारण तथा विमानस्थल वरिपरिका बासिन्दाहरुलाई यसै सुचना मार्फत प्राधिकरणले जनाकारी गराएको छ ।