[t4b-ticker]

चैनपुर जेसीज मनहरीद्वारा ओम शान्ति भवनलाई सिमेण्ट सहयोग

मकवानपुर- चैनपुर जेसीज मनहरीले मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा निर्माणाधीन ओम शान्ति भवनलाई सिमेण्ट सहयोग गरेको छ । जेसीजका अध्यक्ष रविन ढकालको जन्मदिनको सन्दर्भ पारेर सोमबार एक कार्यक्रमकाबीच ओम शान्ति भवनका लागि २० बोरा सिमेण्ट सहयोग गरिएको हो ।

-------------- बिज्ञापन ---------------

फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा संस्थालाई आवश्यक सहयोग गरिएको अध्यक्ष ढकालले बताए । कार्यक्रम संयोजक सुरज ढुंगानाको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष थापाले सामाजिक कार्य गरेर जन्मदिन मनाउने कार्यको सबैले अनुशरण गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्षमा समेत ओम शान्तिको भवनका लागि बजेट विनियोजन गरेको स्मरण गराउँदै वडा अध्यक्ष थापाले आगामी वर्षका लागि पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । पछिल्लो समय स्थापना भएको चैनपुर जेसीज मनहरी यस क्षेत्रको विकास एवम् समाज परिवर्तनको साझेदारको रुपमा अघि बढेकोमा खुसी व्यक्त गरे । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र ओम शान्तिका सञ्चालक सुशिला दिदीले धर्मले मानिसलाई अनुशासित बनाउने उल्लेख गर्दै सबैको सहयोगबाट संस्था सञ्चालन भैरहेको जानकारी दिइन् ।

धर्मकर्म तथा सामाजिक कार्यमा युवा पुस्ताले ध्यान दिन जरुरी रहेको उनको सुझाव थियो । जेसीजका अध्यक्ष सल्लाहकार विदुर विक्रम थापाले जन्मदिन तथा विवाह उत्सवमा अनावश्यक खर्च गर्नु सट्टा समाजमा सकेको सहयोग गर्ने कार्यलाई सबैले अनुशरण गर्दै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा जेसीजका कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, वन मसिने शान्ति सामुदायिक वन समितिका अध्यक्ष रामहरि विष्ट, पशुपति टोल विकास संस्थाका अध्यक्ष बालमुकुन्द ढकाल, उज्वल भविष्य मध्यवर्ती समूहका अध्यक्ष नवराज गौतम, पशुपतिनाथ माविका अध्यक्ष माधव गौतम लगायतको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने