[t4b-ticker]

तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले एसईई उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान

मकवानपुर- हेटाैंडा १० मा रहेकाे तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयले गत शैक्षिक वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई  एक कार्यक्रमका विच सम्मान गरेको छ । ८७ प्रतिशत नतिजा निकाल्न सफल विद्यालयले मंगलबार एसईई उत्तीर्ण हुने ४३ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

-------------- बिज्ञापन ---------------

तुलसीमेहरबाट एसईईमा सहभागी ४९ जना विद्यार्थी मध्ये ४३ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठको सभाध्यक्षता तथा वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयले विद्यार्थी, अभिभावक तथा शिक्षकलाई प्रमाणपत्रसहित सम्मान गरेको हो । विद्यालयले ८ जना शिक्षकलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रघु खरेलले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको बताए। प्रधानाध्यापक खरेलले विद्यार्थीहरूलाई आकर्षित गर्न विशेष छुट योजनाको घोषणा गरे।

उनका अनुसार, तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ५० प्रतिशत भर्ना शुल्क छुट दिइनेछ। साथै, असार महिनाभित्र भर्ना हुने अन्य विद्यार्थीहरूलाई ५ हजार रुपैयाँसम्मको छुट प्रदान गरिने उनले जानकारी दिए।

तुलसीमेहर मेमोरियल स्कूलमा १ हजार १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने