[t4b-ticker]

हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा

हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको छ । उमहानगरपालिका कार्यालयमा आइतवार आयोजित एक कार्यक्रममा हेटौंडालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिएको हो । उपमहानगरभित्र रहेका ५ वर्ष मुनिका ७ हजार १८५ जना बालबालिकालाई पूर्ण खोप लगाइएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले जानकारी दिए ।

-------------- बिज्ञापन ---------------

उपमहानगरपालिकाभित्र रहेका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकालाई खोप दिएसँगै उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । जिल्ला खोप समन्वय समिति मकवानपुरका सचिव समेत रहेका स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले मेयर मीनाकुमारी लामालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

उपमहानगरको स्वास्थ्य शाखाका अनुसार नगर क्षेत्रमा खोप लगाउन तयार भएका १५ महिना मुनिका ३ हजार ९४१ जना बालबालिकाको तथ्याङक पनि तयार गरेर राखिएको छ । उनीहरुलाई समय पुगेसँगै खोप अभियानमा समावेश गरिने शाखाले जनाएको छ । गत चैत महिनादेखि उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्ने अभियान सञ्चालन गरिएको थियो ।

स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका र जनप्रतिनिधी घरघरमा पुगेर बालबालिकालाई खोप लगाउने कार्य गरेको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख तिवारीले बताए । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा मेयर लामाले पूर्ण खोपलाई दिगोपन दिनका लागि स्वास्थ्यकर्मी, महिला स्वयसेविका र जनप्रतिनिधी सधै सक्रिय भएर लाग्ने बताइन् । उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्नका लागि पूर्ण खोप महत्वपूर्ण सुचक रहेको उनको भनाई थियो ।

कार्यक्रममा उपमेयर राजेश बानियाँ, स्वास्थ्य निर्देशनालयका महाशाखा प्रमुख सागर घिमिरेले खोपका बारेमा धारणा राखेका थिए । घोषणा कार्यक्रममा १९ वटै वडाका वडा अध्यक्ष र स्वास्थ्यकर्मीहरुलाई खादा ओढाएर सम्मानसहित कदरपत्र समेत प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने