[t4b-ticker]

बकैयामा पहिरोमा परि एक बालिकाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–६, की ६ वर्षीय बालिकाको पहिरोमा परी मृत्यु भएको छ।

-------------- बिज्ञापन ---------------

बिहीबार दिउँसो विद्यालयमा पढाइ सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरोसहित आएको ढुंगाले लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बकैया–६, स्थित जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुष्मा थिङ रहेको प्रहरीले जनाएको छ।

वडाध्यक्ष फूलमान बोम्जनका अनुसार साथीहरु स्कुलबाट घर फर्कर्दै गर्दा पहिरोमा आएको ढुंगाले लागेर त्यो नानी बेहोस भइछिन्। साथीहरू घरमा उनका आमाबुवालाई बोलाउन गएछन्। एउटा अलि ठूलो साथीले स्वास्थ्यचौकी लान बोकेर अलि वरसम्म आएका रहेछन्। तर बाटोमै मृत्यु भएछ।

पहिरोको ढुंगाले सुष्मालाई मात्रै लागेको हो। अन्य साथीहरु भने सकुशल छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने