नेपाली कांग्रेस मकवानपुरले आज (बुधबार) पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने जानकारी दिएको छ । भदौ ३० गते हेटौंडामा हुने स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न उनी हेटौंडा आउन लागिएको जानकारी दिइएको हो ।
-------------- बिज्ञापन ---------------
सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन, अमुखीकरण, र २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समिक्षागरि विशेष साङ्गठनिक अभियान सञ्चालनकार्यलाई चुस्त र प्रभावकारी बनाउन शर्मा हेटौंडा आउने भएका हुन ।
‘पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो । कार्यत्रममा पालिका, नगर र उपमहानगरका सबै वडामा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थितिका लागि भनेका छौं ।’, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुने बताए ।