[t4b-ticker]

ज्योति सामुदायिक वनकाे साधारणसभा सम्पन्न, २ करोड ५३ हजारको अनुमानित आय-व्यय प्रस्तुत

आज शनिबार ज्योति सामुदायिक वन उपभोक्ता समूह को ३१ औं साधारणसभा सम्पन्न भएको छ । हेटौंडा १८ हर्नामाडी ठूलोदमारमा सम्पन्न भएको साधारणसभामा २ करोड ५३ हजारको अनुमानित आय(व्यय तथा विभिन्न कार्यक्रमहरु गर्ने निणर्य पारित गरेको छ ।

-------------- बिज्ञापन ---------------

कार्यक्रमका प्रमुख अतिथी हेटौंडा १८ नम्वर वडा अध्यक्ष अनिल कुमार बानियाँले वन समूहको रकम सही ठाउँमा लगानी हुनुपर्नेमा जोड दिनुभयो । समूहले लक्षित वर्गका समूहलाई छुट्याएको रकमले उनीहरुलाई ठूलो राहत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । साथै हर्नामाडीमा रहेका अन्य सामुदायिक वन उपभोक्ता समूहभन्दा यस समूहमा आर्थिक पारदर्शिता रहेको र यो वन समूह १८ नम्बर वडाकै उत्कृष्ट रहेको दाबी समेत गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी एवं हर्नामाडी सव(डिभिजन कार्यालय प्रमुख मदन घिमिरेले चालु आवको कार्यक्रममा वन पैदावार चोरी, तस्करी नियन्त्रणका विषय समेट्न आग्रह गर्नुभयो । उहाँले सव डिभिजनको क्षेत्राधिकारभित्र रहेका १५ वटा सामुदायिक वनमध्ये समयमै साधारणसभा गर्ने ज्योति सामुदायिक वन पहिलो भएकोमा प्रशंसा समेत गर्नुभयो ।

त्यसैगरी समूहका सल्लाहकार संयोजक एवं वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अरुण कुमार खतिवडाले समूहको हालसम्मको क्रियाकलाप लोकतान्त्रिक पद्धतीमै रहेको बताउनुभयो । उहाँले वन तथा वातावरण जोगाउन निरन्तर लाग्न पनि समूहलाई सुझाब दिनुभयो

कार्यक्रम वन समुहका अध्यक्ष बाबु खतिवडाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै खतिवडाले गतवर्षझै यसवर्ष पनि वन विकास, सामुदायिक विकास र गरिबी न्युनिकरण लगायतका कार्यक्रमहरु गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । उहाँले समूहको भवन निमाणर् गर्न ६० लाखको कोष निर्माण गर्ने पनि जानकारी दिनुभयो ।

कार्यक्रममा ज्योति सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार एवं हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, समूहका पूर्व अध्यक्ष मंगल सिं लामा, रामधुनी टोल विकास संस्थाका अध्यक्ष रमेश सिलवाल, समूहका लेखा संयोजक इमान बहादुर थापा, गोरक्षनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोशन थापा, वडा प्रहरीका ईन्चार्ज उर्मिला रानाले मन्तव्य राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा