आज पनि सुनको मूल्य बढेको छ । लगातार उकालो लागेको सुनको मूल्य आज एक लाख ६१ हजार दुई सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय संघले जनाएको छ ।
-------------- बिज्ञापन ---------------
विहिबार एकलाख ६० हजार सात सयमा कारोबार भएको सुनको मूल्य शुत्रबार पाँच सय रुपैंयाले बढेको हो । अन्तरराट्रिय बजारमा भएको मूल्य बृद्धिको कारण नेपालमा पनि प्रभाव परेको संघले जनाएको छ ।
चाँदीको भाउ भने अस्ति, हिजो र आज यथावत् रहेको छ । चाँदी आज तोलाको एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।