[t4b-ticker]

सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाइदिन तेस्रो पटक पत्राचार

जनमत पार्टीले प्रतिनिधि सभा सांसद गोमा लाभ सापकोटालाई पार्टीबाट निष्कासन गरिएको भन्दै सांसद पदबाट हटाइदिन संसद सचिवालयलाई तेस्रो पटक पत्राचार गरेको छ ।

-------------- बिज्ञापन ---------------

उनले २०८१ कात्तिक १ गते लाभलाई सांसदबाट हटाइदिन भन्दै संसद सचिवालयलाई पत्राचार गरेका थिए । पार्टी अध्यक्ष सिके राउतले हस्ताक्षर गरेर पठाएको पत्रमा सांसद लाभलाई पार्टीबाट निष्कासन गरिएको उल्लेख छ । उनलाई पार्टीबाट निष्कासन गर्नुअघि जाँचबुझ गरिएको पत्रमा उल्लेख छ । ठेकेदारसँग पैसा मागेको, पार्टी फुटाउन छलफल अघि बढाएको आरोप छ ।

सांसद लाभले आफूलाई पार्टीले कारबाही गरेको विषयमा कुनै सूचना नभएको बताइन् । लाभलाई सांसद पदबाट हटाउन जनमत पार्टीले यसअघि दुई पटक संसद सचिवालयमा पत्राचार गरे पनि सभामुखले रोकेका थिए।

संसद सचिवालयले जनमत पार्टीलाई पठाएको पत्रमा ‘कारबाही कानुन एवं प्रक्रियागत रूपमा प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिन आएको’ उल्लेख गर्दै ‘त्रुटिपूर्ण कार्यलाई अनदेखा गरी निजमाथि गरेको भनिएको कारबाही अगाडि बढाउन सक्ने अवस्था’ नभएको उल्लेख गरेको थियो।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ की सांसद गोमा लाभ सापकोटालाई जनमत पार्टीले समानुपातिकतर्फबाट सांसद बनाएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने