[t4b-ticker]

नमोबुद्ध र परेली सेमिफाइनलमा

नमोबुद्ध क्लव पदमपोखरी र परेली क्लव बस्तिपुरले दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

-------------- बिज्ञापन ---------------

बुधबार भएको पहिलो क्वाटरफाइनलमा नमोबुद्धले एफसी ढेंडोलाई २-१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । ११ औं मिनेटमा आकाश रानाको गोलमार्फत नमोबुद्धले खेलमा अग्रता लिएको थियो । ४२ औं मिनेटमा सामुयल सुनारले फ्रीकिकमार्फत सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए । ढेंडो एफसीका अस्मित दुराले ५५ औं मिनेटमा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । नमोबुद्धमा सामुयल सुनार नै खेलको म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा एफसी परेलीले जनसिद्ध युवा क्लवलाई २-० ले हराउँदै सेमिफाइनल भिडन्त पक्का गर्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको परेलीले दोस्रो हाफमा २ गोल थपेको हो । दोस्रो हाफको छैठौं मिनेटमा समीप ढकालको गोलमार्फत परेलीले अग्रला लिएको थियो । त्यसको दुई मिनेटमै प्रिफ स्याङ्तानले अग्रता दोब्बर बनाए । जनसिद्धले गोल गर्ने केही राम्रो मौका पाएपनि सदुपयोग गर्न सकेन । खेलको म्यान अफ द म्याच परेलीका सलिल ढकाल घोषित भए ।

जारी प्रतियोगितामा बिहीबार पहिलो खेल मनहरी ५ र मनहरी २ को बीचमा हुनेछ भने दोस्रो खेल पदमपोखरी युनाइटेड र मकवानपुरगढी जेसीजको बीचमा हुनेछ । यहि मंसिर ३ गतेसम्म सन्चालन हुने दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाँचसय तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार पाँचसय रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

चैनपुर जेसीज मनहरीको आयोजना तथा मकवानपुर गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन तथा मनहरी गाउँपालिकाको सहयोगमा प्रतियोगिता सन्चालन भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा