नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई साढे दुई लाख रुपैयाँका दरले पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
-------------- बिज्ञापन ---------------
आज बसेको क्यानको बैठकले खेलाडीलाई साढे दुई लाख र अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको क्यानका प्रवक्ता छुम्बी लामाले उज्यालोलाई जानकारी दिनुभयाे ।
हिजाे भएकाे १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलाे पटक टी–२० विश्वकपमा छनाेट भएकाे थियाे ।