[t4b-ticker]

चैनपुर जेसीजले आयोजनागरेको वक्तृत्वकला प्रतियोगितामा एड्रीन पराजुली प्रथम

चैनपुर जेसीज मनहरीको आयोजनामा बालजीवन ज्योति मावि मनहरी १ मा भएको वक्तृत्वकला प्रतियोगितामा एड्रीन पराजुली प्रथम भएका छन् ।

-------------- बिज्ञापन ---------------

विद्यालयका विद्यार्थीको बीचमा भएको प्रतियोगितामा सरस्वती लामिछाने द्वितीय र कन्चन गुरागाइँ तृतीय भए । उनीहरुलाई क्रमशः नगद २ हजार, एकहजार पाँच सय र एकहजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । जेसीजका अध्यक्ष रविन ढकालको प्रकरणमा वक्तृत्वकलाको आयोजना गरिएको हो ।

जेसीज सप्ताह एवम् दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको समापनको दिन ३ गते पुरस्कार प्रदान गरिनेछ । कार्यक्रम संयोजक कृष्ण खनालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

वडा अध्यक्ष खनालले पछिल्लो समय स्थापना भएको चैनपुर जेसीज मनहरीले विभिन्न सामाजिक कार्यक्रम गरिरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे । वडा र गाउँपालिका जेसीजसंग सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकराज गौतम, जेसीजक संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, जेसीज सप्ताह मूल कार्यक्रम संयोजक सुरेश गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गणेशदर्पण अधिकारी र शिक्षिकाद्वय अस्मिता खड्का र उर्मिला तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

जेसीज सप्ताह अन्तर्गत शनिबार बिहान जेसीज दौड प्रतियोगिता रहेको महासचिव श्रीकृष्ण ढकालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा