[t4b-ticker]

हेटौंडा–१२ को अध्यक्ष पदका उम्मेदवार अर्जुन प्रसाद तिवारीले नावी एजेण्डाहरु सार्वजनिक गरे

स्थानीय तह उपनिर्वाचनमा हेटौंडा–१२ को अध्यक्ष पदका लागि उम्मेदवार नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् ।

-------------- बिज्ञापन ---------------

चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा सक्रिय रहेका तिवारीले वृद्ध भत्ता घर घरमा वितरण गर्ने, घटना दर्ता सम्बन्धित स्थानबाटै गर्ने लगायतका एजेण्डाहरु अघि सारेका छन् । उनले खेल पूर्वाधार, मिनी रंगशाला, सडक, पार्क तथा नदी नियन्त्रण र तटबन्धनको योजनाहरुलाई प्रमुखताका साथ प्राथकितामा राखेका छन् । सेवा प्रवाहमा गुणस्तरियता तथा सहजतासंगै समग्र वडाको विकासमा भुमिका खेल्ने गरी नागरिकहरुसंगको अन्तिरक्रियाबाटै योजना छनौट र कार्यान्वयन गर्ने गरी अघि बढेको उनले बताए ।

उम्मेदवार तिवारीले घरेलु उद्योग द्रुत गतिमा सञ्चालन गर्ने, मठ मन्दिर, गुम्वा तथा गिर्जा घरको संग्रहालयको उचित प्रवद्र्धन गर्ने, विद्यालयहरुमा शैक्षिक सुधार तथा अंग्रेजी माध्यमको शिक्षामा पनि जोड दिने, सहरी स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने तथा स्वास्थ्य चौकीमा तत्काल एक्स–रे मेशिनको व्यवस्था गर्ने, साताको एक पटक डाक्टरको सुविधा उपलब्ध गराउने लगायतका एजेण्डाहरु तिवारीले अघि बढाएका छन् ।

शान्ति सुरक्षाको लागि आवश्यकता अनुसार सिसि क्यामराको व्यवस्था गरी अनुगमन गर्ने, आवश्यकता अनुसार संस्कृत तथा तामाङ भाषाको अध्यापनको व्यवस्था गर्ने, बुद्धपार्क चौताराको स्तरोन्नति गर्ने, स्थानीय उद्योग प्रवद्र्धनको लागि स्थानीय मदिरा ब्राण्डिङ्गको लागि पहल गर्ने, शान्ति सुरक्षार्थ १२ नम्बर वडाको लागि स्थानीय प्रहरी चौकीको स्थापना गर्न पहल गर्ने, हात्तीगौडा खानेपानीको अनुगमन गरी महशुल घटाउने, अनलाइन शिक्षाको पूर्वाधार तयार गर्ने, थार्पालिङ्ग आग्रा काभ्रेली टोल गुम्बा स्तरोन्नति तथा प्रवद्र्धन गर्ने, आग्रा काभ्रेली टोल देखि मरणघाटसम्मको बाटो स्तरोन्नति गर्ने जनाएका छन ।

त्यस्तै शहिद स्मारक पार्कसँग समानान्तर हुने गरी १२ नम्बर वडा जोडिने पक्की पुल निर्माणको लागि पहल गर्ने, सिर्जनशील टोलबाट गुरौबिर्ता झोलुङ्गे पुल जोडिने सडक स्तरोन्नति तथा विस्तार गर्नको लागि पहल गर्ने, गुरु रेम्वोचे पार्क आग्रा काभ्रेलीको निर्माणको लागि पहल गर्ने, पान्तले कल्याणटार सडक विस्तार तथा स्तरोन्नति गर्न पहल गर्ने, वडाको विभिन्न विधाका खेलकुदको विकासको लागि पहल गर्ने, वडाको विभिन्न स्थानको मरणघाटको पहिचान गरी व्यवस्थित गर्न पहल गर्ने, आँपधाप देखि रमनटार पक्की पुल जोड्ने सडक स्तरोन्नति गर्न पहल गर्ने, गोठदमारदेखि हात्तीगौडा जोड्ने झोलुङ्गे पुल निर्माण गर्न पहल गर्ने, बेलडाँडादेखि मनहरी १, चकरी जोड्ने सडक स्तरोन्नति गर्ने लगायतका एजेण्डाहरु तिवारीको रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने