[t4b-ticker]

मकवानपुरका कार्कीको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी

नेपाल जेसीजको शनिबारबाट इटहरीमा हुने ५१ औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट संगम कार्कीले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । पालुङ जेसीजका निवर्तमान अध्यक्ष रहेका कार्कीले २०२५ का लागि नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

-------------- बिज्ञापन ---------------

जेसीज शाखा र नेपाल जेसीजको बीचमा पुलको काम गर्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्ने उधेश्यका साथ राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको कार्कीले बताए । उनी यसअघि बुटवल जेसीजको आतिथ्यतामा भएको ५० औं राष्ट्रिय महाधिवेशनमा समेत उपाध्यक्ष पदको उम्मेदवार थिए ।

त्यसक्रममा उनी थोरै मतले पराजित भएका थिए । ‘अघिल्लो पटक थोरै मत पुगेन, त्यसलाई सहर्ष स्वीकार्दै यो पटक फेरि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएर अभियानमा अघि बढेको छु’, उनले भने, ‘यो पटक आम जेसीज मतदाताको मन र मत पाउने अपेक्षा लिएको छु ।’

मकवानपुरमा ८ वटा जेसीज शाखा रहेको छ । इटहरी जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनमा एक अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ भने ४ कार्यकारिणी उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी छ ।

यस्तै १२ जना उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको बताइएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा कृयाशिल जेसीज संस्थामा एक व्यक्ति, एक पद एक कार्यकाल रहने गर्दछ ।
,,,,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा