मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट अवैध लागूऔषध खैरोहेरोइन सहित ७ जनालाई पक्रेको छ । हेटौंडा २ बाट ५ जनालाई र हेटौंडा १७ बाट २ जनालाई पक्रेको हो ।
-------------- बिज्ञापन ---------------
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र वडा प्रहरी कार्यालयको टोलीले हेटौंडा २ पुरानो मकवानपुर रोडस्थित शिशिर राजथलाको घरबाट खैरोहिरोइन सहित ५ जनालाई पक्रेको हो । पक्राउ पर्नेमा ३१ वर्षका राजथलासहित हेटौंडा २ का ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षका सुदिप भुर्तेल, हेटौंडा ४ का ३० वर्षका असिमकुमार बर्तौला र हेटौंडा १ का ३० वर्षकै ओम साह रहेका छन् । उनीहरुको शरीर तथा कोठा खानतलासी गर्दा ४ ग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै हेटौंडा १७ दाविलेबाट खैरोहिरोइन सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हटिया दाविलेका ३२ वर्षका विदनकुमार भुजेल र बाराको विश्रामपुर गाउँपालिका ८ नकाटुवा टोल बस्ने २१ वर्षका शेख आजाद रहेका छन् । प्रहरी चौकी हटियाको टोलीले भुजेलको घरबाटै उनीहरुलाई पक्रेको हो ।
उनीहरुको साथबाट २ ग्राम ५४० मिलिग्राम खैरोहेरोइन फेला पारेको छ । लागूऔषधसहित पक्राउ परेका सातैजनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले जानकारी दिए । पछिल्लो समय मकवानपुरमा लागूऔषधको कारोबार एवम् सेवनकर्ता समेत बढेका छन् ।