सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।
-------------- बिज्ञापन ---------------
हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज हिजो जस्तै तोलाको एक हजार आठ सय ६० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।