[t4b-ticker]

करोडौँको लगानीमा निर्माण शीतभण्डार अलपत्र, चैत मसान्तसम्म सञ्चालन गर्न निर्देशन

बागमती प्रदेश सरकारको करोडौँको लगानीमा निर्माण शीतभण्डार अलपत्र बनेपछि बागमती प्रदेश सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले समय सीमा तोकेर सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको बागमती प्रदेश सभा सचिवालयमा शुक्रबार बसेको बैठकले निर्माण सम्पन्न भएका शीतभण्डारको चैत मसान्तसम्म सञ्चालन गर्न प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

-------------- बिज्ञापन ---------------

समितिका सभापति श्रीराम लामिछानेले प्रदेश सरकारको लगानीका निर्माण सम्पन्न शीतभण्डार प्रयोगबिहीन बनेकोले ती शीतभण्डारको चैत मसान्तसम्म सञ्चालन गरी सोको जानकारी दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन गर्ने निर्णय गरिएको जानकारी दिए ।

साथै समितिले बागमती प्रदेशको विभिन्न जिल्लामा रहेका शीतभण्डारको विस्तृत विवरण दिन मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिले प्रदेशको लगानी भएको १३ वटै जिल्लाका अलपत्र अवस्थामा रहेका आयोजनाको विस्तृत विवरण पठाउन प्रदेशका मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा