[t4b-ticker]

‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा बेलुन विस्फोट: छानबिन समिति गठन

पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहका क्रममा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन गरिएको छ। गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो।

-------------- बिज्ञापन ---------------

मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण बाहिनी प्रमुख सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कास्की कार्यालयका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री सदस्य सचिवका रूपमा रहेका छन्। समितिमा एक जना विस्फोटक पदार्थ विज्ञलाई पनि समेटिएको छ।

विस्फोटमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुनुभएको थियो। उहाँहरू दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

घटनापछि गृहमन्त्री लेखकले अस्पतालमा पुगेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बागमती प्रदेशमा मन्त्रालय संख्या १४ बाट ८ मा झार्ने निर्णय

सुनचाँदीको भाउमा गिरावट

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

यो पनि पढ्नुहोस्

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु