[t4b-ticker]

तुल्सीमेहरको ४३ औं वार्षिकोत्सव तथा अभिभावक भेला गर्ने

मकवानपुर– तुल्सीमेहर मेमोरियल इङ्लिस सेकेन्डरी स्कुलले यही १५ गते वार्षिकोत्सव तथा अभिभावक भेलाको आयोजना गर्ने भएको छ । हेटौंडा १० मा रहेको विद्यालयले ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

-------------- बिज्ञापन ---------------

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए । ुयसपटक हामीले भव्य रुपमा अभिभावक दिवस मनाउन लागेका छौँ, खरालले भने, ुयसलाई हामीले विद्यार्थीका प्रतिभा उजागर गर्ने अवसरको रुपमा पनि लिएका छौं । यसअघि भएका खेलकुदका कार्यक्रमको पुरस्कार वितरण समेत गरिने उनले बताए ।

कार्यक्रममा विद्यार्थीले खानाको स्टल समेत राख्नेछन् । यस्तै विद्यार्थीद्वारा जातजातीको सांस्कृतिक नाच समेत प्रश्तुत हुने खरालले जानकारी दिए । तुल्सीमेहरमा एकहजार १५० विद्यार्थी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने