आज देशभरको आकाशमा बादल लागेको छ । महाशाखाका अनुसार भारतको जम्मू काश्मीर,हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।
-------------- बिज्ञापन ---------------
सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । यी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।
पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । पछिल्लो १२ घण्टामा बैतडीमा सबैभन्दा धेरै २० दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरा, डोटी, डडेलधुरालगायतका जिल्लामा पनि वर्षा भएको छ ।