मकवानपुर – वन डढेलो सप्ताहको तेस्रो दिन आइतबार हेटौंडा–१८ हर्नामाडीमा सचेतना र्याली आयोजना गरिएको छ। डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा तथा हर्नामाडी सव डिभिजन वन कार्यालयको समन्वयमा सम्पन्न र्यालीमा तीन सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सहभागिता थियो।
-------------- बिज्ञापन ---------------
र्याली पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गणबाट सुरु भई फुर्केचौर, ठूलोदमार चोक हुँदै रामधुनीमा पुगेर सभामा परिणत भयो। हर्नामाडी सव डिभिजन वन कार्यालयका प्रमुख प्रदीप अर्यालले डढेलो नियन्त्रणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए। ज्योति सामुदायिक वनका अध्यक्ष रामबाबु खतिवडाले तीन जना अग्निदस्ता परिचालन गरिएको जानकारी दिए।
वन ऐन २०७६ अनुसार डढेलो लगाउनेलाई ६० हजार रुपैयाँ जरिवाना वा ३ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ। कार्यक्रममा सुरक्षा निकाय, वन अधिकारीहरू तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।