हेटौडा स्कूल अफ म्यानेजमेन्टले व्यवसाय सञ्चालनमा सघाउ पुर्याउन स्नातक तहका एक विद्यार्थीलाई बीउ पुँजी हस्तान्तरण गरेको छ। उद्यम र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले द एड मेकर्सलाई १० लाख रुपैयाँको बीउ पुँजी मध्येको दोस्रो किस्ता ४ लाख रुपैयाँ मंगलबार एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।
-------------- बिज्ञापन ---------------
स्नातक तहको तेस्रो वर्षमा वाणिज्य संकायमा अध्ययनरत विद्यार्थी सक्षम ज्ञवालीले द एड मेकर्स सञ्चालन गर्दै आएका छन्। ज्ञवालीलाई बीउ पुँजी हस्तान्तरण गर्ने प्रमुख पुरणबहादुर जोशीले यसअघि १ लाख ५० हजार रुपैयाँ पनि प्रदान गरेका थिए।
बीउ पुँजी विश्वविद्यालय अनुदान आयोग ९युजीसी० मार्फत हस्तान्तरण गरिएको हो र बाँकी रकम केही महिनापछि दिइने बताइएको छ।
ज्ञवालीको उद्यमले १ सय भन्दा बढी सेवाग्राहीलाई सेवा दिइसकेको छ र हाल २० वटा नियमित सेवाग्राही रहेका छन्।
जोशीले यस पहललाई विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा प्रेरित गर्नको लागि महत्वपुर्ण कदमको रुपमा लिएका छन्।