स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्।
-------------- बिज्ञापन ---------------
कार्यकारी निर्देशक डा. रवि मल्लका अनुसार, मन्त्री प्रदीप पौडेलको निर्देशनमा आर्थिक अभावका कारण कुनै बालबालिकाको उपचार रोक्न नपर्ने व्यवस्था गरिएको छ। यसैगरी, केन्द्रमा शल्यक्रिया लगायत अन्य उपचार सेवाहरू निःशुल्क उपलब्ध गराइने छ।
यस वर्षको पुष महिनासम्म ४८० बालबालिकाले गंगालाल केन्द्रबाट निःशुल्क मुटु उपचार सेवा प्राप्त गरेका छन्। मन्त्री पौडेलले भने, ूआर्थिक समस्याका कारण कोही पनि बालबालिका मुटु उपचारबाट बञ्चित नहोस् भन्ने हाम्रो उद्देश्य हो।
नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ।