[t4b-ticker]

भीमफेदीका श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुदै

भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रका एक सय ९९ जना श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको छ। यो अभियान गएको आर्थिक वर्षदेखि शुरु भएको थियो र अहिले सम्म कुल १ सय ९९ जना श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।

-------------- बिज्ञापन ---------------

गाउँपालिकाका अध्यक्ष लामाले भने, “अहिलेसम्म १ सय ९९ जना श्रमिकलाई कोषमा आबद्ध भैसकेका छन । यस अभियानले अनौपचारिक क्षेत्रका श्रमिकहरूको जीवनस्तर उकास्नमा मद्दत पुर्‍याउनेछ।”

अभियान अन्तर्गत श्रमिकहरूको मासिक पारिश्रमिक १० हजार ८ सय २० रुपैयाँ रहेको छ, जसको ११ प्रतिशत अर्थात् १ हजार १ सय ८० रुपैयाँ श्रमिकबाट कट्टा गरिनेछ। यसका साथै, गाउँपालिकाले थप १ हजार १४ रुपैयाँको योगदान गर्ने व्यवस्था गरेको छ, जसले गर्दा कुल २ हजार २ सय ४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ।

यो अभियानलाई सफल बनाउन चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

सामाजिक सुरक्षा कोषमा श्रमिकहरूलाई आबद्ध गराउने यो पहलले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न र उनीहरूको भविष्यलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको पनि अध्यक्ष लामाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा