काठमाडौँको तीनकुने क्षेत्रमा आज भएको आन्दोलनका क्रममा एक जना नागरिकको मृत्यु भएको छ। गृह मन्त्रालयको जानकारी अनुसार, कीर्तिपुरका २५ वर्षीय सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको हो।
-------------- बिज्ञापन ---------------
घटना अनुसार, महर्जन आन्दोलनको क्रममा प्रहरीको गोली लागी घाइते भएका थिए र उनलाई तत्काल त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको निधन भएको मन्त्रालयले जनाएको छ।