[t4b-ticker]

तराई–मधेशमा तीव्र गर्मी, लुम्बिनीका केही जिल्लामा तातो हावा बहने सम्भावना

तराई–मधेशका जिल्लामा आजबाट तिनदिन अत्यधिक गर्मी हुने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना उच्च रहेको जनाएको छ।

-------------- बिज्ञापन ---------------

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज भैरहवाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। “हिजो भैरहवामा तापक्रम ४० डिग्री नाघेको थियो, आज अझै बढ्न सक्छ,” पुडासैनीले बताउनुभयो।

लुम्बिनी, प्रदेश २, मधेश प्रदेशका अधिकतर तराई भू–भागमा सूर्यको तीव्र तापसँगै गर्मीको प्रभाव झनै बढ्ने देखिएको छ। मौसमविद्हरूले अत्यधिक गर्मीको कारण वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

जनस्वास्थ्य विज्ञहरूले अत्यधिक गर्मीका कारण पानीको कमी, घाम लाग्दा हुने चक्कर, लु लाग्ने समस्या, र डिहाइड्रेसनजस्ता स्वास्थ्य समस्या हुन सक्ने जनाउँदै बढी गर्मी हुने समयमा घर बाहिर ननिस्कन सुझाव दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने