[t4b-ticker]

शेयर बजारमा उच्च बृद्धि, नेप्से ४९ अंकले उकालो

नेपाली शेयर बजार आज उच्च अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ४९ दशमलव ०९ अङ्कले बढेर २,६७७.४५ विन्दुमा पुगेको छ।

-------------- बिज्ञापन ---------------

आज सबै समूहका उपसूचक सकारात्मक रहे पनि विशेषगरी होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स र जलविद्युत् समूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। होटल समूहको शेयर मूल्य करिब ३.५ प्रतिशतले उकालो लाग्दा विकास बैंक समूह ३ प्रतिशतले, फाइनान्स र जलविद्युत् समूह पनि २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीका शेयर १० प्रतिशतले वृद्धि भई  यता, बजार उकालो लागेको दिन विन नेपाल लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरै, ३ प्रतिशतले घटेको छ।

आजको कारोबारमा ३१० वटा कम्पनीका १ करोड ६८ लाख कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। हिजोको तुलनामा कारोबार रकम थोरै घटेको हो, हिजो ७ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा