[t4b-ticker]

लम्पी स्किन रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान सुरु

हेटौंडा । पशु सेवा कार्यालय हेटौंडा मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि निः शुल्क खोप अभियान कार्यक्रम सुरु भएको छ । बुधबार हेटौंडा–१६, १७ र १८ का किसानलाई ५ हजार खोप वितरण गर्दै कार्यक्रम सुरु गरिएको हो ।
करिव ६ लाख रुपैयाँको खोप वितरण गरिएको पशु सेवा कार्यालय हेटौंडा मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए ।

-------------- बिज्ञापन ---------------

लम्पी स्किन रोग देखा परेपछि जोखिम कम गर्न वडामा खोप अभियान सुरु गरिएको ठाकुरले बताए । उनका अनुसार अभियान क्रमिक रूपमा आवश्यकताअनुसार अन्य वडामा पनि विस्तार गरिने जानकारी दिनुभयो ।

लम्पी स्किन रोग गाईगोरुमा देखिने छालासम्बन्धी संक्रामक रोग हो, जसबाट पशु कमजोर हुने, दूध उत्पादन घट्ने र मृत्यु समेत हुने जोखिम हुन्छ। यस कारण पशु स्वास्थ्य तथा किसानको आयमा गम्भीर असर पर्ने भएकाले खोपमार्फत रोकथाममा जोड दिइएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने