[t4b-ticker]

मकवानपुरको थाहा नगरपालिकामा बसको ठक्करबाट तीन जनाको मृत्यु

थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथमा बसले पैदल यात्रीलाई ठक्कर दिँदा तीन जनाकाे मृत्यु भएकाे छ ।

-------------- बिज्ञापन ---------------

मृत्यु हुनेमा थाहा–९ का कृष्ण बलामी, झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर र साेही माविका शिक्षक रघुनन्दन यादव रहेका छन् ।

बसले च्यापिएका बलामीलाई अर्काे सवारी साधनकाे सहायताले उद्दार गरी उपचारकाे लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएकाे थियाे । त्यसैगरी ठक्कर लगत्तै ठाकुर र यादवलाई स्वास्थ्य केन्द्र पुर्याइएकाे थियाे ।

बलामी लेखापढी व्यवसायी थिए भने ठाकुरले माविमा नेपाली र यादवले विज्ञान विषय पढाउँथे ।

ब्रेक फेल भएर अनियन्त्रित गुडिरहेकाे ना ३ ख ५९९० नम्बरको यात्रुवाहक बसले ‘इभिनिङ वाक’ मा रहेका ६ जनालाई ठक्कर  दिएकाे थियाे । स्वास्थ्य केन्द्र पुर्याएलगत्तै डाक्टरले ठाकुर र बलामी मृत घाेषणा गरेका थिए । यादवकाे थप उपचारकाे लागि काठमाडौं लैजादै गर्दा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनकाे शब शिक्षण अस्पतालमा राखिएकाे छ ।

मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार शाहकाे काठमाडौंमा उपचार भैरहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

फेरि बढेयो सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा

हेटौंडामा ट्रक दुर्घटना: सहचालकको उपचारका क्रममा मृत्यु

महिलाका लागि क्षमता विकास सम्बन्धी १५ दिने तालिम सुरु

यो पनि पढ्नुहोस्

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने

बागमती नदी किनार क्षेत्रको सुकुम्वासी बस्तीमा डोजर, भूमिहीनलाई आवश्यक व्यवस्थापन गर्ने