[t4b-ticker]

काठमाडौंमा राजावादीहरूको विद्रोही प्रदर्शनको तयारी

राजावादी धारणा राख्ने समूहले काठमाडौंमा अनिश्चितकालीन प्रदर्शन गर्ने तयारी गरेको जनाउँदै आएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठदेखि सुरु हुने आन्दोलनलाई ूसभा होइन, विद्रोह भनेका छन्। उनले विद्रोहका लागि प्रशासनसँग अनुमति लिने वा स्थान माग्ने आवश्यकता नरहेको जिकिर गरेका छन्।

-------------- बिज्ञापन ---------------

तर, सरकारले भने यस आन्दोलनलाई व्यवस्थाविरोधी ठहर गर्दै राजावादीहरूलाई प्रदर्शनका लागि सार्वजनिक स्थान नदिने तयारी गरेको छ। एक उच्च सरकारी स्रोतका अनुसार, “व्यवस्था उल्ट्याउने खालका आन्दोलन गर्न ठाउँ उपलब्ध गराउनु उपयुक्त हुँदैन,” भन्ने निष्कर्षसहित प्रशासनलाई स्पष्ट निर्देशन दिइएको छ।

सरकारको यस्तो निर्णयबारे पूर्वसूचना पाएपछि राजावादी समूहले अहिलेसम्म औपचारिक रूपमा प्रदर्शनका लागि अनुमति मागेका छैनन्। आन्दोलनको औपचारिक प्रकृति नहुँदा र पूर्वअनुमति बिना गरिएको प्रदर्शनले राजधानीको शान्ति सुव्यवस्थामा खतरा पुर्‍याउन सक्ने भन्दै सुरक्षा निकायहरू उच्च सतर्क अवस्थामा छन्।

सुरक्षा स्रोतहरूका अनुसार, अनुमति बिना गरिने अराजक प्रदर्शन भड्किन सक्ने हुँदा कानूनअनुसार कडाइका साथ कारबाही गरिनेछ। स्थिति नियन्त्रणबाहिर जान सक्ने जोखिम रहेको भन्दै सुरक्षा निकायलाई आवश्यक तयारी अवस्थामा राखिएको छ।

यसबीच, राजावादीहरूको आन्दोलनप्रति समर्थन जनाउने समूहले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट आह्वान गरिरहेका छन्, जसले राजधानीको राजनीतिक तापक्रम अझ चर्काउन सक्छ। सरकार र सुरक्षानिकायहरूको दृष्टिकोणमा आन्दोलन ‘विद्रोही प्रवृत्ति’मा जाने संकेत देखिएकोले स्थिति जटिल बन्ने आकलन गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

यो पनि पढ्नुहोस्

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

भारतबाट नेपाल ल्याइने १०० रुपैयाँभन्दा धेरैको सामानमा कर

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

नेप्सेमा नयाँ नियम लागू: अब एकैदिन शेयर मूल्य १५%सम्म घटबढ हुने

आज आमाको मुख हेर्ने दिन

आज आमाको मुख हेर्ने दिन

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा

प्रधानमन्त्री बालेन शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सुचिमा